आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई


मच्छिन्द्र फुटबल क्लबले आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार राति विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो।

May be an image of 5 people, people playing soccer, people playing football and text

प्रतियोगिताअन्तर्गत शनिवार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो। खेलको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गरेका हुन्। उपाधिसँगै मच्छिन्द्र क्लबले ११ लाख र साङ्ग्रिलाले पाँच लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

May be an image of 3 people, people playing football and text

प्रतियोगितका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही रु २१ हजार नगद पुरस्कार पाएका छन्।

May be an image of 7 people and text

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले पुरस्कार प्रदान गरे। प्रतियोगितामा नेपाल, भारत र भूटानका एक–एक र घरेलु आठसहित  १० टोलीको सहभागिता  थियो।


प्रकाशित मिति : २०८० चैत्र २५, आईतवार गते

धेरै पढिएको

ताजा समाचार