फोडेनको ह्याट्रिकमा सिटीको जित र संगै आर्सनलको पनि जित,


फिल फोडेनले ह्याट्रिक गरेको इंग्लिस प्रिमियर लिगको बुधबारको खेलमा एस्टन भिल्लालाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले आर्सनल र लिभरपुलमाथि दबाब कायम राखेको छ ।

आर्सनलसँग आइतबार बराबरी खेलेपछिको पहिलो खेलमा इर्लिङ हालान्ड र केभिन डि ब्रुएनेलाई भिल्लाविरुद्ध बेन्चमा राखेर पेप ग्वार्डिओलाले टोली उतारेका थिए ।

रोड्रीको गोलमा खेलको ११ औं मिनेटमा नै सिटीले अग्रता बनाएपनि जोन डुरानले २० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफमा इन्ज्युरी समयको पहिलो मिनेटमा फोडेनले गोल गदैै सिटीले अग्रता दिलाएका थिए । त्यसपछि ६२ औं र ६९ औं मिनेटमा गोल थप्दै फोडेनले ह्याट्रिक पूरा गरेका थिए ।

LONDON, ENGLAND – APRIL 03: Ben White of Arsenal celebrates his team’s second goal with teammates after an own goal scored by Daiki Hashioka of Luton Town (not pictured) during the Premier League match between Arsenal FC and Luton Town at Emirates Stadium on April 03, 2024 in London, England. (Photo by David Price/Arsenal FC via Getty Images)

अर्को खेलमा आर्सनलले लुटन टाउनमाथि २–० को जित निकाल्दै शीर्षस्थानमा कायम रहेको छ । ब्रेनफोड र ब्राइटनले भने गोलरहित बराबरी खेलेका छन् ।

३० खेलमा आर्सनल ६८ अंक छ । दोस्रो स्थानको लिभरपुल र सिटीको समान ६७ अंक छ । एक खेल कम खेलेको लिभरपुलले बिहीबार सेफिल्ड युनाइटेडको सामना गर्नेछ । चौथो स्थानको भिल्लाको ५९ अंक छ ।


प्रकाशित मिति : २०८० चैत्र २२, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार