आयरल्यान्ड वुल्भ्सलाई नेपालले पहिलो एकदिवसीय खेलमा १५७ रनमै अलआउट गरेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डलाई नेपालले कमलसिंह ऐरीको ह्याट्रिकको मद्दतमा १५७ रनमै अलआउट गरेको हो।
कमलले अन्तिम तीन विकेट लगातार लिएर ह्याट्रिक गरेका छन्। उनले ३८.१ ओभरमा लियाम म्याकार्थीलाई २ रनमा साहब अलामबाट क्याच गराए। दोस्रो बलमा म्याथ्यु हमफ्रीलाई बोल्ड गर्दा कमलले तेस्रो बलमा पनि बेन ह्वाइटलाई बोल्ड गरे।

कमलले ६.३ ओभरमा १ मेडन राख्दा ४ विकेट लिए भने २१ रन खर्चिए। नेपालका लागि साहब अलाम र मौसम ढकालले पनि २-२ विकेट लिए।

