टि२० सिरिजको अन्तिम खेल आज


नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

May be an image of 1 person and text

आयरल्यान्ड वल्भ्सले सिरिज २-० ले जितिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । शनिबार दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै वल्भ्सले सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आज नेपाली टोली सिरिज ह्वाइटवास बचाउने लक्ष्यमा हुनेछ ।

दुवै खेलमा नेपाल ‘ए’ ले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । वल्भ्सले दुवै खेलमा सुरुवाती ब्याटिङ गर्दै २ सय २२ रनको विशाल आँकडा पार गरेको छ । नेपालले भने दुवै खेलमा प्रतिस्पर्धात्मक हार बेहोरेको हो ।

आज टोलीमा केही परिवर्तन गर्ने सम्भावना छ । दुवै खेलमा अवसर नपाएका नारायण जोशीले आज खेल्न सक्छन् । मध्यक्रमका किरण ठगुन्ना दुवै खेलमा चल्न नसकेका कारण आज नारायणले अवसर पाउने सम्भावना छ ।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी, विकास आग्री

प्रशिक्षक : ज्ञानेन्द्र मल्ल र कलाम अली

आयरल्यान्डको टोली :

निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट

प्रशिक्षक : रायन इगल्सन

सहायक प्रशिक्षक : पिट जोन्सन, क्रिस ब्राउन

आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण (मार्च २४-अप्रिल७)

मार्च २४ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड वल्भ्स – नेपाल ६ विकेटले विजयी

मार्च २५ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड वल्भ्स – नेपाल ७१ रनले विजयी

मार्च २९ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स – वल्भ्स २१ रनले विजयी

मार्च ३० – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स – वल्भ्स ४० रनले विजयी

अप्रिल १ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स

अप्रिल ३ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स

अप्रिल ५ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स

अप्रिल ७ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स


प्रकाशित मिति : २०८० चैत्र १९, सोमबार गते

धेरै पढिएको

ताजा समाचार