इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादविरूद्ध रोमाञ्चक जित निकालेको छ।
गएराति इडेन गार्डेनमा भएको खेलमा कोलकाताले हैदरावादलाई ४ रनले पराजित गरेको हो।
कोलकाताले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले सात विकेट गुमाएर २०४ रनमात्रै बनाउन सक्यो।
अन्तिम ओभरमा १३ रन आवश्यक रहेकोमा कोलकाताले हर्षित रानालाई बलिङमा पठाएको थियो। ब्याटिङम हेनरिच क्लासेन र शहबाज अहमद थिए।
हर्षितको पहिलो बलमाम क्लासेनले छक्का प्रहार गरे। दोस्रो बलमा एक रन मात्रै लिएर शहबाजलाई स्ट्राइक दिएका थिए।
हर्षितले तेस्रो बलमा शहबाज अहमदलाई श्रीयास ऐयरबाट क्याच आउट गराए। शहबाजको विकेटपछि जनसेन ब्याटिङमा आएका थिए। पहिलो बलमा १ रन हानेर क्लासेनलाई स्ट्राइक दिएका थिए।
तर क्लासेन लगत्तै आउट हुन पुगे। उनलाई पनि हर्षितले सुयाश शर्माबाट क्याच आउट गराए। अन्तिम बल डट गरेपछि कोलकाता ४ रनले विजयी भएको हो।
क्लासेनले २९ बलमा ८ छक्का प्रहार गरी ६३ रन बनाएका थिए। खेलमा मयंक अग्रवालले ३२, अभिशेक शर्माले ३२, राहुल त्रिपाठीले २०, एडेन मार्क्रमले १८, अब्दुल शामदले १५ र शहबाज अहमदले १६ रन जोडे।

