शाह आलममा भएको नेपाल र मलेसिया बीचको अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीमा विरुद्ध पराजित भएको छ । यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल ५-१ ले पराजित भएको हो ।
अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाईएको थियो । पहिलो ३५ मिनेटमा दुई गोल खाएको नेपालले पछिल्लो १०५ मिनेटमा ३ गोल मात्र खान पुग्यो । नेपालका लागि समीर तामाङले खेलको एकमात्र गोल गर्न सफल भए ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले सुरुवातमा भने रक्षात्मक टोली उतारेका थिए ।
नेपाली टोली अब फिफा विश्वकप छनोट खेलमा लागि बहराइन प्रस्थान गर्नेछ । घरेलु मैदानमा एक खेल हुनुपर्ने भएतापनि दशरथ रंगशाला अयोग्य भएका कारण दुवै खेल बहराइनमा हुँदैछ । नेपालले पहिलो खेल मार्च २१ मा खेल्ने छ भने दोस्रो खेल मार्च २६ मा खेलिने छ । दुवै खेल बहराइन नेशनल स्टेडियममा हुनेछ ।
नेपाली फुटबल टोली:
गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ
मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

