सत्ता गठबन्धन कार्यदलको बैठक आज बालुवाटारमा बस्दै


काठमाडौँ, फागुन २२ गते । आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रालय बाँडफाँड टुङ्गो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ ।

मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिनुभएको छ । यसअघि सोमवार बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथग्रहण गरिसक्नुभएको छ ।


प्रकाशित मिति : २०८० फाल्गुन २२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार