एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?


साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित मिति : २०८० फाल्गुन २०, आईतवार गते

धेरै पढिएको

ताजा समाचार