गोपीकृष्ण हल बन्द


काठमाडौंको चावहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ ।

वि.सं २०५२ सालदेखि सञ्चालनमा रहेको हल फागुन १ गतेदेखि बन्द हुने भएको हो ।

शुक्रवार प्रबन्ध निर्देशक निरक पौडेलद्वारा जारी गरिएको विज्ञप्‍तिमा भनिएको छ –‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’

आजसम्म पाएको सहयोग, सद्भाव र आत्मीयताका लागि प्रा.लि.ले सबैलाई धन्यवाद समेत दिएको छ ।

 


प्रकाशित मिति : २०८० माघ २६, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार