सोनाम ल्होसारको अवसरमा तीन दिन बिदा


हेटौँडा, माघ २६ गते । सोनाम ल्होसारको अवसरमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा गरेको छ । बौद्ध धर्मावलम्बीकाे बाहुल्य रहेको इन्द्रसरोवार गाउँपालिकामा आज शुक्रवारदेखि तीन सार्वजनिक बिदा दिने गाउँपालिकाको कार्यालयले निर्णय गरेको हो ।

सोनाम ल्होसारको अवसरमा आज माघ २६ देखि २८ गतेसम्म सार्वजनिक बिदाको अवधिमा गाउँपालिका मातहतका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्थाहरू बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।


प्रकाशित मिति : २०८० माघ २६, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार