तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु, बाँकी भूभागमा मौसम सफा रहने


काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


प्रकाशित मिति : २०८० पुष २७, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार