राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने


काठमाडौँ । राष्ट्रियसभाको बैठक आज १ः१५ बजे बस्दैछ  । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

आजै प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् ।

दिउँसो १ः०० बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस हुने कार्यसूची रहेको छ ।


प्रकाशित मिति : २०८३ असार ३१, बुधबार गते

धेरै पढिएको

ताजा समाचार