6th Genius Music Award मा चर्चित कोरियोग्राफर सन्दीप भुजेललाई ‘जीनियस कला सम्मान’


काठमाडौं, कार्तिक २६ – राजधानीको नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न 6th Genius Music Award 2081 & Achievement Award 2025 with Genius Folk Dance Competition कार्यक्रमका क्रममा चर्चित नृत्य निर्देशक सन्दीप भुजेललाई Genius Kala Samman 2082 द्वारा सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका माननीय मुख्यमन्त्री श्री इन्द्रबहादुर बानियाँज्यूको आतिथ्यमा सम्पन्न यस कार्यक्रममा देशभरका संगीत, नृत्य तथा कला क्षेत्रमा योगदान पुर्याउँदै आएका प्रतिभाहरूलाई सम्मान गरिएको थियो। नृत्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै, आफ्नो सिर्जनात्मक काम र नृत्यकला मार्फत नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ आयाम स्थापित गर्न सफल फेमस डान्स कोरियोग्राफर सन्दीप भुजेलले प्राप्त सम्मानलाई आफ्नो पेशागत समर्पण र निरन्तर मिहिनेतको प्रतिफलको रूपमा लिएका छन्।

उहाँले भन्नुभयो – “नृत्य क्षेत्रमा मैले गरेको योगदानको कदर गर्दै प्राप्त यो सम्मान मेरो लागि ठूलो गर्व र प्रेरणाको क्षण बनेको छ। यसले आगामी दिनमा अझ राम्रो काम गर्न हौसला प्रदान गरेको छ।” कार्यक्रममा प्रमुख आयोजक रमेश पाठकको नेतृत्वमा सम्पन्न यस समारोहमा विभिन्न विधाका कलाकार, प्रतिष्ठित व्यक्तित्व, मिडिया प्रतिनिधि तथा नृत्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सन्दीप भुजेलले बिगत लामो समयदेखि नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, डान्स शो र टेलिभिजन कार्यक्रमहरूमा कोरियोग्राफरको रूपमा योगदान पुर्याउँदै आउनुभएको छ।

उहाँले नृत्यलाई केवल मनोरञ्जनको माध्यम नभई एक व्यवस्थित र सम्मानित पेशाको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ।

मिति: २०८२ कार्तिक २६, बुधबार

स्थान: नेपाल पुलिस क्लब, काठमाडौं


प्रकाशित मिति : २०८२ कार्तिक २९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार