सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?


नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 


प्रकाशित मिति : २०८१ फाल्गुन २५, आईतवार गते

धेरै पढिएको

ताजा समाचार