क्यानद्वारा मुख्य प्रशिक्षकको आवेदन खुला


काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ ।

क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ को पार गरेको हुनुपर्दछ । कम्तिमा ५ वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव हुनु पर्दछ । क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साईकलबारे जानकार हुन आवश्यक छ ।

यसअघि मुख्य प्रशिक्षक मोन्टी देसाईको २ वर्षे कार्यकाल गत माघ १९ मा सकिएपछि नेपाली क्रिकेट टोलीमा मुख्य प्रशिक्षक रिक्त भएका छन् ।


प्रकाशित मिति : २०८१ फाल्गुन ४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार