नेपालको युवा टिमलाई २-० ले हराउँदै युनान टिमको जित


मैत्रीपूर्ण खेलमा चीनको युनान टिम विजयी भएको छ । नेपालको युवा टिमलाई २-० ले हराउँदै युनान टिमले जित निकालेको हो ।

चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा आज दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले सुरूवातदेखि नै दबाब बनायो ।

May be an image of 6 people, people playing soccer, people playing football and text

खेलको २० औं मिनेटमा मिनग्यु युले बक्स बाहिर बाट हानेको लामो प्रहार गोलमा परिणत भयो। पहिलो हाफमा चीनको युनान टिमले एक शुन्यको अग्रता बनायो।

दोस्रो हाफमा पनि नेपाल खेलमा फर्कन सकेन्। ७८ औं मिनेटमा वाङ बिनहानले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दुगुना गरे। यो सँगै चीनको युनान टिमले नेपाली युवा टोलीलाई २-० ले माथ दियो।

यो पटक चीनले गत वर्ष भन्दा बलियो टिम मैदानमा उतार्दै जित निकालेको हो। गत संस्करण भने नेपालले मैत्रिपूर्ण खेल जितेको थियो।

राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, नेपाल उसु महासंघ र सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर चिनीयाँ दूतावासले यो खेल सञ्चालन गरेको हो। खेल अगाडि विभिन्न उसु खेलाडीहरू लगायतले विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए। दूतावासले एन्फालाई टिम तयारीका लागि २३ लाख उपलब्ध गराएको थियो ।


प्रकाशित मिति : २०८१ फाल्गुन ४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार