फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा


फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ।

सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो।

सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० को‌ अग्रता लियो।

एन्जेल कोरियाले ७८औं र एलेसान्डर सोरलोथले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गरेपछि एट्लेटिको जित थप‌ सहज बनेको हो । एट्लेटिको स्पेनिस ला लिगाको‌ जारी सिजनमा दोस्रो स्थानमा छ।

कोपा डेल रे बुधवार हुने क्वाटरफाइनलमा रियल म्याड्रिड र लेगानेससँग खेल्नेछ। रियल सोसिडाड र ओसासुना तथा ३१ पटकको विजेता बार्सिलोना र भ्यालेन्सियाबिच बिहीवार प्रतिस्पर्धा हुनेछ छ।


प्रकाशित मिति : २०८१ माघ २३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार