पत्रकार महासंघ महाधिवेशन: उम्मेदवारी दर्ता स्थगित


नेपाल पत्रकार महासंघको महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यक्रम स्थगित भएको छ। यही असोज १२ गते तोकिएको महासंघको महाधिवेशनका लागि शुक्रबार मनोनयन दर्ताको कार्यतालिका थियो।

पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सूचना निकालेर मनोनयन दर्ता कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ। निर्वाचन समिति संयोजकमा प्रा. चिरञ्जीवी खनाल र सदस्यहरूमा देवेन्द्र झा, कपिलचन्द्र पोखरेल, शालिकराम सापकोटा, विष्णुमाया भुसाल, अरूण पौड्याल र सदस्य सचिव भक्तिराम घिमिरे छन्।

पत्रकार महासंघ अध्यक्ष विपुल पोख्रेलले महाधिवेशन गराउन सक्ने अवस्था नरहेकोलगायत कारण देखाएर पदबाट राजीनामा दिएका थिए। अहिले कार्यवाहक अध्यक्ष रमेश विष्ट छन्। महासंघमा सदस्यतासम्बन्धी विवाद छ। सदस्यता विवादकै कारण लामो समयदेखि महासंघ चुनावको मिति तोक्दै स्थगित गर्दै आइएको छ।

सदस्यता विवादकै बीच असोज १२ मा महाधिवेशन गर्न लागेपछि ५० भन्दा बढी जिल्ला शाखा अध्यक्षहरूले सामूहिक विज्ञप्ति निकालेर विरोध गरेका थिए।

यस्तो छ सूचना:

460261593_835697255392903_7135082077028913946_n-1726807846.jpg


प्रकाशित मिति : २०८१ आश्विन ४, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार