पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले पूजा बास्तोला र ध्रुव थापामगरलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको रास्वपाको प्रथम महाधिवेशनमा बास्तोलाले प्रतिस्पर्धीको भन्दा बढी मत ल्याएर पनि आयोगले निर्वाचित घोषणा गरेको थिएन ।

यसैगरी समावेशीबाट उम्मेदवारी दिएका थापामगरलाई आयोगले निर्वाचित घोषणा गरेको थिएन । बढी मत ल्याएर पनि निर्वाचित घोषणा नगरेकोमा बास्तोला र थापामगरले आयोगमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा सोमबार बसेको आयोगको बैठकले दुवै जनालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्णय गरेको हो  । आयोगका सदस्य गोकुल सापकोटाका अनुसार प्राविधिक त्रुटिका कारण उनीहरूको नाम छुटेको हो ।

‘प्राविधिक त्रुटिका कारण त्यस्तो भएको हो । पुजाजीको हकमा समावेशी मिलाउन खोज्दा समस्या देखियो । गण्डकी प्रदेश गुरुङको बाहुल्यता भएको प्रदेश हो’, सापकोटाले भने, ‘त्यसैले विष्णु  कुमारी गुरुङ(एकता)लाई ल्याउन खोजिएको थियो । तर उजुरी परेपछि अध्ययन गर्दै जाँदा उहाँ(पूजा)ले धेरै मत ल्याउनु भएको रहेछ । त्यही आधारमा त्रुटि सच्याएका हौँ ।’

मतदानमा बास्तोलाले ९१३ मत ल्याएकी थिइन् । तर उनको नाम समावेश नगरी बागलुङ–२ बाट निर्वाचित सांसद रहेका सोम शर्मालाई केन्द्रीय सदस्य बनाइएको थियो ।

यस्तो छ अद्यावधिक विवरण :


प्रकाशित मिति : २०८३ असार १६, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार