सिद्धार्थ बैंकका ग्राहकहरूलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्म छुट


सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको गोदावरीस्थित ‘बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट’ बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार रिसोर्टमा सेवा लिई बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने सिद्धार्थ बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले आफ्ना ग्राहकलाई सुविधाहरू उपलब्ध गराउनुका साथै वित्तीय कारोबारलाई नगदबाट डिजिटलतर्फ प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकार्य गरिएको जनाएको छ।

यस समन्वय तथा सेवा सुविधाबारे थप जानकारी लिन चाहने ग्राहकहरूले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।


प्रकाशित मिति : २०८३ भाद्र २५, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार