रसुवा, भदौ २४ गते । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले बगाएको देवीघाट पुलको पुनर्निर्माण सुरु गरिएको छ। पुल निर्माणमा नेपाली सेनालगायत सुरक्षाकर्मी खटिएका छन्। गल्छी हुँदै रसुवा जाने सडकखण्डमा पर्ने उक्त पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आवतजावत सहज हुने अपेक्षा गरिएको छ।



