धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


२४ भदौ, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : २०८३ भाद्र २४, बुधबार गते

धेरै पढिएको

ताजा समाचार