काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन ट्र्याक खन्ने काम तीव्र पारिएको छ । सडक विभागका अनुसार पहिरोबाट सिर्जित समस्या समाधान गर्न हाल घटनास्थलमा भित्रपट्टिबाट ट्र्याक निर्माणको कार्य अघि बढाइएको हो ।
विभागले दिएको आज दिउँसो ३ बजेको अद्यावधिक विवरण अनुसार, हालसम्म दुवैतर्फबाट गरी करिब ५० मिटर ट्र्याक खन्ने काम सम्पन्न भइसकेको छ । निर्माण गरिएको यो ट्र्याक हाललाई एक्स्काभेटर आवतजावत गर्न मिल्ने प्रारम्भिक ट्र्याक मात्र रहेको विभागले जनाएको छ ।
सडक विभागले तोकिएको डिजाइन बमोजिम सम्पूर्ण सुरक्षा सावधानी अपनाएर पहिरो पन्छाउने र यातायात सञ्चालन गराउने कामलाई निरन्तरता दिइरहेको जनाएको छ। उक्त राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन् भने विभागको यो प्रयाससँगै यातायात सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।
यही भदौ १४ गते झन्डै २०० मिटर लम्बाइको सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ ।

