काठमाडौँ । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका लागि प्रारम्भिक प्राविधिक गृहकार्य गर्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न सरोकारवालासँग नीतिगत संवादअन्तर्गत गोष्ठी आयोजना गरेको छ।
मन्त्रालयले विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थाबारे छलफल गर्न माननीय मन्त्री सस्मित पोखरेलको विशेष आतिथ्यतामा परामर्श–गोष्ठी आयोजना गरेको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीमा बिहान ११ बजेदेखि सुरु भएको गोष्ठी अपराह्न ३ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थासँग सम्बन्धित विषयमा सरोकारवालासँग छलफल गरिनेछ।

