मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
यसदिन नेप्से ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार ७ अर्ब ४६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ८ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३८३ वटा धितोपत्रको एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच भएको हो।
आज १६४ कम्पनीको सेयरमूल्य बढेको छ भने १०१ वटाको घटेको छ। यस्तै १० कम्पनी स्थिर छन्।
मंगलबार ९% कामना सेवा विकास बैंक डिबेन्चर २०९० को मूल्य सर्वाधिक १०.२२ प्रतिशतले बढेको छ। उक्त डिबेन्चरको मूल्य एक हजार २२९ रूपैयाँ पुगेको छ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को मूल्य ९.८२ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार २४१ रूपैयाँ कायम भएको छ। यसैगरी, ७% नेपाल एसबिआई बैंक डिबेन्चर २०९० कोे मूल्य सर्वाधिक ९.६८ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ५३ रूपैयाँ १० पैसामा झरेको छ।
यसैगरी, सामुदायिक लघुवित्तको मूल्य ८.१० प्रतिशतले घटेर कित्ता मूल्य एक हजार एक सय रूपैयाँमा सीमित भएको छ।
मंगलबार १०% केबिएल डिबेन्चर २०९० को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको प्रतिकित्ता एक हजार २५० रूपैयाँमा ५२ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.०४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा १०% एनएमबी डिबेन्चर २०९० रहेको छ।
उक्त डिबेन्चरको एक हजार २५० रूपैयाँमा ३९ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशतले बढेको छ।

