सूचना र विज्ञापन सम्बन्धी सरकारी निर्णय विभेदकारी भएको भन्दै पत्रकारहरुले गरे प्रदर्शन


२९ जेठ, काठमाडौं । सूचना र विज्ञापन सम्बन्धी सरकारी निर्णय विभेदकारी र स्वेच्छाचारी रहेको भन्दै पत्रकारहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौंको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले आज बिहान ११ बजेदेखि करिब एक घण्टा बबरमहलस्थित सडक विभागको भवन अगाडि भेला भएर प्रदर्शन गरे ।

प्रदर्शनमा सहभागीहरुले सूचना र विज्ञापन सम्बन्धी विभेदकारी तथा स्वेच्छाचारी रहेको भन्दै सरकारी निर्णय खारेज गर्न, प्रेसको संवैधानिक हकको रक्षा गर्न र संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितता गर्न माग गरे ।


प्रकाशित मिति : २०८३ जेष्ठ २९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार