सुस्तामा भारतीय सीमा बलले हप्कीदप्की गरेको भन्दै हर्कले संसदमा खोजे रक्षामन्त्री


२९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन् ?’ उनले प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो । हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं’ उनले भने ।

यही बेला सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको उनले बताएका हुन् ।

‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्’ साम्पाङले भने ।

सांसद राईले सीमामा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले हो भन्दै जानकारी पनि मागेका छन्


प्रकाशित मिति : २०८३ जेष्ठ २९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार