प्रिमियर लिगमा टोटेनहमको संघर्ष जारी, लिड्ससँग बराबरी


इङ्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपर र लिड्स युनाइटेड १-१ गोलको बराबरीमा खेलेका छन्। यो नतिजासँगै टोटेनहमले रेलिगेसन क्षेत्रबाट अझै टाढा हुने महत्वपूर्ण अवसर गुमाएको छ।

घरेलु मैदान टोटेनहमको स्टेडियममा भएको खेलमा म्याथिस टेलले ५०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको उत्कृष्ट प्रहार सिधै गोलपोस्टको माथिल्लो कुनामा पुगेको थियो।

तर खेलको अन्त्यतिर टेलकै गल्ती टोटेनहमलाई महँगो पर्‍यो। उनले क्लियरेन्स गर्ने क्रममा लिड्सका कप्तान इथन अम्पाडुलाई बक्सभित्र फल गरेपछि भिएआर जाँचपछि रेफ्री जारेड जिलेटले पेनाल्टी दिएका थिए।
७४औँ मिनेटमा डोमिनिक काल्भर्ट–ल्युइनले पेनाल्टीलाई गोलमा परिणत गर्दै लिड्सलाई खेलमा फर्काए।

यसअघि खेलको पहिलो हाफमा टोटेनहमका गोलरक्षक एन्टोनिन किन्स्कीले जो रोडनको हेडर रोकेर टोलीलाई संकटबाट जोगाए। टोटेनहमका रिचार्लिसन र पेड्रो पोरोले पनि गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन्।

इन्जुरी समयमा दुवै टोलीले जित निकाल्ने अवसर पाए। किन्स्कीले सियन लङस्टाफको प्रहार उत्कृष्ट रूपमा बचाए भने जेम्स म्याडिसनले पेनाल्टीको माग गरे पनि रेफ्रीले अस्वीकार गरे।

यस बराबरीसँगै टोटेनहमले अग्रता लिएपछि पनि महत्वपूर्ण अंक गुमाउने क्रम जारी राखेको छ। ३८ अंकसहित टोटनहम १८ औं स्थानमा छ। रेलिगेसन क्षेत्रको वेस्ट हमको भन्दा २ अंक बढी हो। लिड्स ४४ अंकसहित १४ औं स्थानमा छ।


प्रकाशित मिति : २०८३ बैशाख २९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार