लाजियोमाथि इन्टरको सहज विजय, मार्टिनेजको गोल र असिस्ट


इटालियन सिरी एमा लिग च्याम्पियन इन्टर मिलानले लाजियोलाई ३-० गोलले पराजित गरेको छ।

खेलमा कप्तान लाउटारो मार्टिनेज मुख्य नायक बने। उनले एक गोल गरे भने अर्को गोलका लागि पास पनि दिए। पेतार सुचिच र हेनरिख मिखितारियनले पनि गोल गरेपछि इन्टरले सहज जित निकालेको हो।

खेलको सुरुवातमै इन्टरले अग्रता लियो। छैटौँ मिनेटमा मार्टिनेजले नजिकबाट भलि प्रहार गर्दै गोल गरे। त्यसपछि पहिलो हाफको ३९औँ मिनेटमा उनले सुचिचलाई पास दिए, त्यसमै दोस्रो गोल भयो।

दोस्रो हाफमा लाजियो १० खेलाडीमा सीमित भयो। भिएआर समीक्षा गरेपछि एक खेलाडीलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइएको थियो।

खेलको अन्त्यतिर इन्टरले तेस्रो गोल थप्यो। एन्जे-योआन बोनीको पासमा मिखितारियनले बललाई शक्तिशाली प्रहार गर्दै जाली चुमाए।

यो जितसँगै इन्टरले लाजियोविरुद्ध पछिल्ला खेलहरूमा राम्रो नतिजा जारी राखेको छ। मार्टिनेजले पनि इटालियन लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका छन्।


प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार