१५ वर्षपछि भारतमा दक्षिण अफ्रिकाको ऐतिहासिक टेस्ट जित


कोलकाता: दक्षिण अफ्रिकाले कोलकाताको इडेन गार्डेनमा भएको पहिलो टेस्टमा भारतलाई ३० रनले स्तब्ध पार्दै भारतमा १५ वर्षपछि पहिलो टेस्ट जित हासिल गरेको छ।

एक समय भारतले सहज जित हासिल गर्ने देखिएको खेलमा चौथो इनिङ्समा मात्र १२४ रनको लक्ष्य पछ्याएको घरेलु टोली भारत ९३ रनमा अलआउट हुन पुग्यो। यो भारतीय भूमिमा टेस्टको चौथो इनिङ्समा भारतको अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो।

तेस्रो दिनको खेलमा दक्षिण अफ्रिकाका स्पिनर तथा फास्ट बलरहरूको धारिलो प्रदर्शनसामु भारतीय ब्याट्सम्यानहरू निरीह देखिए। कप्तान शुबमन गिल घाँटीको दुखाइका कारण ब्याटिङ गर्न नआएपछि भारतको समस्या झनै बढेको थियो।

May be an image of text that says 'UNT SPORTS LI |1ROLLCRICKETNEPAL IROLLCRICKEIN TROLL CRICKEI NEPAL INDIA NDIASOUTHAFRICA Vs SOUTH AFRICA SOUTHAFRICA WIN SOUTHAFRICAWINBY30RUNS BY 30 RUNS TYRES ® IDFC FIRST IDFCFIRSTBankTESTSERIE Bank TEST SERIE 1st 1stTEST,DAY3 TEST, DAY 3 Crunc 3-9 BUMRAH SIRAJ HANMER 04 0 INDIA NEED3 INDIANEED31RUN 31 RUN BUMRAH SIRAJ 04 INDIANEED RUNST'

संक्षिप्त स्कोर:

  • दक्षिण अफ्रिका (पहिलो इनिङ्स): १५९

  • भारत (पहिलो इनिङ्स): १८९

  • दक्षिण अफ्रिका (दोस्रो इनिङ्स): १५३

  • भारत (दोस्रो इनिङ्स): ९३ (अलआउट)

May be an image of text that says 'TN 05gL 16.40 0A2O ្ា្មា A 소. 60 De තම් SA 53.3日ン エサミ 153-9 HARME ER BAVUMA 20 55 55136 136 IN SPORIS UNTSPORISS 3 LIVE Grung |TROLLCRICKETNEPAL TROLL CRICKET NEPAL'

दक्षिण अफ्रिकाका लागि साइमन हार्मरले दोस्रो इनिङ्समा ४ विकेट लिए भने केशव महाराज र मार्को जान्सेनले २-२ विकेट लिएर प्रोटियाजको जित सुनिश्चित गरे। यस जितसँगै दक्षिण अफ्रिकाले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ।


प्रकाशित मिति : २०८२ मंसिर १, आईतवार गते

धेरै पढिएको

ताजा समाचार