ललितपुर, असार २८ – Black Bird Entertainment Pvt. Ltd. को आयोजनामा सम्पन्न सौन्दर्य प्रतियोगिता नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २ को ग्रान्ड फिनाले भव्य र अत्यन्तै सफल रुपमा सम्पन्न भएको छ। ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी नेपालमा सम्पन्न उक्त कार्यक्रममा सहभागी बालबालिकाहरुले आफ्नो प्रतिभा, आत्मविश्वास र प्रस्तुतीकरण मार्फत दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व शिक्षामन्त्री माननीय देवेन्द्र पौडेलज्यू को गरिमामय उपस्थिति रहेको थियो। उहाँले यस्ता कार्यक्रमहरू बालबालिकाको समग्र विकासमा महत्वपूर्ण हुने भन्दै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो। यस सिजनको निर्णायक मण्डलमा प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसमा Mrs Nepal World 2024 की विजेता डा. डेनिला कार्की, Miss Intercontinental Nepal 2024 की विजेता डा. आयुषनोवा ढुंगाना, Infinity Advertising Pvt. Ltd. का संस्थापक निर्देशक इन्द्र श्रेष्ठ र अधिवक्ता तथा प्राध्यापक विक्रम पुरी रहेका थिए।
फिनालेको तयारीलाई उत्कृष्ट बनाउन मिस सुमी बानियाँ ले आधिकारिक कोरियोग्राफरको रूपमा सम्पूर्ण प्रतियोगीहरूलाई तालिम दिएकी थिइन् भने ओपनिङ डान्स सन्दीप भुजेल द्वारा कोरियोग्राफ गरिएको थियो। सहभागीहरूको आकर्षक पहिरनको डिजाइन मिस अश्मिता श्रेष्ठ द्वारा गरिएको थियो।

कार्यक्रममा तीन समूह — Boys Group, Junior Girls Group, Senior Girls Group — मा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धाको अन्त्यमा विजेता तथा उपविजेता र विभिन्न सबटाइटल विजेताहरूलाई बुँदागत रूपमा यसरी घोषणा गरिएको थियो:
(Boys Group)
Title Winner: अनुभव सापकोटा
1st Runner Up: दिशांक पाण्डे
Most Popular: संस्कृत चालिसे
Public Choice: दिशांक पाण्डे
Facebook Choice: दिशांक पाण्डे
Best Walk: अनुभव सापकोटा
Best Dance: अनुभव सापकोटा
Most Photogenic: अभिक कार्की
Most Talent: संस्कृत चालिसे
Best Speech: अभिक कार्की
Best Art Work: दिशांक पाण्डे
(Junior Girls Group)
Title Winner: स्मारिका गोले
1st Runner Up: लिशा तामाङ
2nd Runner Up: आर्या चालिसे
Most Popular: बिलेव्स्मा गुरुङ
Public Choice: उपासना राई
Best Walk: लिशा तामाङ
Best Dance: स्मारिका गोले
Best Art Work: उपासना राई
Most Confident: स्मारिका गोले
Most Discipline: सयारा ब्याञ्जनकार
Most Beautiful: आर्या चालिसे
Cutest Baby of the Year: लिशा तामाङ
Most Friendly: मनाबी सुवेदी
Best Smile: बिलेव्स्मा गुरुङ
(Senior Girls Group)
Title Winner: सुस्लिना लोहनी
1st Runner Up: प्रतिमा घिमिरे
2nd Runner Up: प्रप्ती थापा
3rd Runner Up: प्रनिशा महर्जन
Most Popular: आकृति राई
Public Choice: प्रतिमा घिमिरे
Facebook Choice: मिमिक पुन मगर
Most Talent: सुस्लिना लोहनी
Best Singer: प्रतिषा महर्जन
Most Photogenic: मिमिक पुन मगर
Beauty with Brain: प्रतिमा घिमिरे
Most Dynamic: आकृति राई
Most Active: बबिता भुजेल
Best Personality: प्रनिशा सुनुवार
Management Choice: सोइच्या श्रेष्ठ
Best Cooking: प्रप्ती थापा

यस भव्य कार्यक्रममा सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै आत्मविश्वास, अनुशासन र सिर्जनात्मकताको उत्कृष्ठ उदाहरण प्रस्तुत गरे। आयोजक संस्था Black Bird Entertainment Pvt. Ltd. ले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई उजागर गर्ने प्रतिबद्धता जनाएको छ।

