गैंडाकोट विजयचोकमा टाटा योद्धा र स्कुटर ठोक्किँदा दुर्घटना, स्कुटर चालक घाइते


नवलपुर — नवलपुरको गैंडाकोट नगरपालिका अन्तर्गत विजय चोक नजिकै टाटा योद्धा गाडी र स्कुटर एकआपसमा ठोक्किँदा सडक दुर्घटना भएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो भएको उक्त दुर्घटनामा स्कुटर चालक घाइते भएका छन्। घाइते चालकलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) पठाइएको छ।

घाइतेको अवस्था गम्भीर नरहेको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

सडकमा बढ्दो सवारी चाप र लापरवाहीका कारण यस्ता दुर्घटनाहरू दोहोरिन थालेका छन्। स्थानीयले ट्राफिक व्यवस्थापनमा कडाइ गर्न माग गरेका छन्।


प्रकाशित मिति : २०८२ जेष्ठ २६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार