अन्यायको ५ वर्ष ८ महिना: निर्दोष बिरन्जन यादवलाई सर्वोच्चको सफाइ


काठमाडौँ घट्टेकुलोमा बस्दै आएका २१ वर्षीय बिरन्जन यादवलाई २०७६ सालमा एक किशोरीले बलात्कारको आरोप लगाएपछि प्रहरीले पक्राउ गर्‍यो। सरस्वती क्याम्पसमा छात्रवृत्तिमा BBA पढिरहेका यादवले निर्दोष हुँदाहुँदै ५ वर्ष ८ महिना जेलमा बिताए।

किशोरीले दिएको उजुरीमा नाबालिग भएको दाबी झुटो सावित भयो। जन्म प्रमाणपत्र र विवरणमा फरक देखिएपछि सर्वोच्च अदालतले यादवलाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो।

अभावग्रस्त पारिवारिक पृष्ठभूमिबाट आएका यादवको कानुनी लडाइँमा अधिवक्ता डा. गजेन्द्र अर्यालले निःशुल्क बहस गरेका थिए। सर्वोच्चको फैसला अनुसार २०८२ जेठ २ मा रामेछाप कारागारबाट उनी रिहा भए।

अब बिरन्जन वीरगन्ज फर्किएर सामाजिक पुनःस्थापना र न्यायको नयाँ लडाइँमा जुटेका छन्।


प्रकाशित मिति : २०८२ जेष्ठ १०, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार