राष्ट्रिय सभाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रिसा साहको घटनाको निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।
आइतबारको राष्ट्रिय सभाको बैठकमा आकस्मिक र शून्य समयमा उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए। सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा बिहीबार बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

