काठमाडौँ । मङ्गलवार नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ९.९६ अङ्क घटेर २६८८.३२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.९१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.८६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अङ्कले घटेको छ । कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको २ खरिदबिक्री भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ८ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको थियो ।
मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर मूल्य करिब साढे ७ प्रतिशत बढेको तर कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनीको ४४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

