राप्रपा का सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै प्रहरीले निगरानीमा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै प्रहरीले निगरानीमा राखेको छ।

आइतबार राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यसअनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरमा निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन्।

राप्रपाका केही सांसदहरू भने सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छन्। राप्रपाका प्रवक्तासमेत रहेका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई संसदीय दल कार्यालयबाट बाहिर निस्किन नदिन प्रहरी आएर बसेको बताएका छन्। उनीसहित दीपकबहादुर सिंह र बिना जयसवाल कार्यालयमा छन्। प्रहरीको दुई वटा भ्यान संसदीय दलको कार्यालय बाहिर राखिएको छ।


प्रकाशित मिति : २०८२ बैशाख ७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार