मोरङको धनपालथाल गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा परेर एक जना बालिकाको मृत्यु भएको छ।
१२ घर जलेर नष्ट भएका छन।
धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा बानुले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमावर्ती क्षेत्र कदमाहामा मंगलबार दिउँसो आगलागी भएको हो।
त्यसक्रममा ३ वर्सिया बालिकाको जलेर मृत्यु भएको हो। स्थानीय मोहम्मद हनिफकी छोरी ३ वर्षीया रेश्मा खातुनको मृत्यु भएको हो।
आगलागीमा १२ वटा घर जलेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आगो नियन्त्रणका लागि दमकलको सहयोगमा प्रहरी, नेपाली सेना र स्थानीयबासी खटिएका थिए।
तस्विरहरु: https://www.facebook.com/sonukumardasss







