चेल्सीको जित ,युनाइटेड रियल सोसिडाडसँग १-१ को‌ बराबरी


चेल्सीले युरोपा लिग अन्तिम १६ को पहिलो लेगमा बिहीवार कोपनहेगनलाई २-१ ले हराएको छ।

रिस जेम्स र एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई जित दिलाए। पहिलो हाफभरि चेल्सीले कोपेनहेगनको संगठित डिफेन्स विरुद्ध एउटा पनि प्रहार गर्न सकेन ।

घरेलु टोलीले राम्रो आक्रमणात्मक खेल प्रस्तुत गरेपनि पहिलो हाफमा गोल‌ गर्न सकेन । दोस्रो हाफको पहिलो मिनेटमा जेम्सको गोलबाट चेल्सीले अग्रता बनायो। ६५ औं‌ मिनेटमा फर्नान्डेजले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।

खेलको अन्तिम ११ मिनेट बाँकी रहँदा गाब्रिएल पेरेइराले हेडरमार्फत कोपनहेगनका गोल फर्काए । दोस्रो लेग चेल्सीको स्ट्याम्फोर्ड ब्रिजमा हुनेछ।

अर्को इंग्लिस टोली म्यानचेस्टर युनाइटेड रियल सोसिडाडसँग १-१ को‌ बराबरी रोकिएको छ । टोटनहम भने एजी अल्कमारसँग १-० ले पराजित भएको छ।


प्रकाशित मिति : २०८१ फाल्गुन २३, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार