इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ ।
साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ ।
यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा हुनेछ । इडन गार्डेनमा एक दशकपछि पहिलो फाइनल हुनेछ ।
दोस्रो क्वालिफायर पनि कोलकातामा नै आयोजना हुनेछ । आइपिएलको पहिलो क्वालिफायर तथा इलिमिनेटर खेल हैदरावादमा हुनेछ ।
यो संस्करणको आइपिएल ६५ दिनसम्म चल्ने छ । यो संस्करणमा पनि अघिल्लोमा जस्तै ७४ खेल हुनेछन् । लिगमा १२ वटा डबल हेडर रहेका छन् ।
सन् २०२२ मा आइपिएल १० टोलीमा विस्तार भएयता हरेक सिजनमा जस्तै सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
जसमा कोलकाता, बेंगलुरु, राजस्थान, चेन्नई र पञ्जाब एक समूहमा तथा हैदराबाद, दिल्ली , गुजरात, मुम्बई र लखनउ अर्को समूहमा छन् ।
एक टोलीले आफ्नो समूहका अन्य टोलीसँग र अर्को समूहका एक टोलीसँग दुई पटक र अर्को समूहका अन्य चार टोलीसँग एक पटक प्रतिस्पर्धा गर्नेछन् ।
खेल तालिका





