आशिष लामिछाने , रौतहट, अशोज १० : “एमविओ गुणस्तर बुझ्ने उपभोक्ताको निर्विकल्प रोजाई बन्नेछ”
मोहन अधिकारी
प्रबन्ध निर्देशक
डिलाईट क्लाईमेट प्रा. लि.
स्प्लिट एअरकण्डिसनको आयातको योजना कसरी बन्यो ?
नेपालमा हिटिङ्, भेन्टिलेसनका तथा एअरकण्डिसनिङ् (एचभिएसी) का क्षेत्रमा करिव डेढ दशक लामो कर्पोरेट सोलुसनमा काम गरेर बजारको अनुभव हाँसिल गरेपछी हामी रिटेल स्पेसमा आएका छौं । हामीले एचभिएसीका क्षेत्रमा हाँसिल गरेको अनुभवलाई रिटेल कस्टमरसम्म पु¥याउने उद्देश्यका साथ उदयिमान ब्राण्ड एमविओलाई नेपाली बजारमा भित्र्याएका हौं ।
एचभिएसी सोलुसन प्रोभाईडरको रुपमा हस्पिटल, फर्मास्युटिकल, होटल जस्ता संवेदनशिल परियोजनाहरुमा काम गर्दा आवश्यक पर्ने स्प्लिट एसी हामी स्थानिय विक्रेताबाटै लिएर आफ्ना ग्राहकलाई दिंदै आएका थियौं । हामी एचभिएसीको काम गर्छौ भन्ने थाहा पाएका साथिभाई तथा आफन्तको आवश्यकता आपुर्तीमा पनि हामीले बजारबाटै स्प्लिट एसी लिएर दिंदै आएका थियौं । तर, बजारमा स्प्लिट एसी आपुर्तीमा रहेको अनियमितता, गुणस्तरमा अनिश्चितता, र मूल्यमा निरन्तर हुने उत्तारचढावले हामीलाई काम गर्न जुन रुपको आत्मविश्वास आउनुपर्ने हो त्यो रुपको आत्मविश्वास नै आईरहेको थिएन । त्यसैले हामी एउटा राम्रो ब्राण्डको स्प्लिट एअरकण्डिसनर उत्पादकको खोजीमा रहेका थियौं, जुन खोज एमविओमा गएर टुंगिएको हो ।
एमविओ नै किन रोजाईमा पर्यो ?
हामी केही समययता गुणस्तरीय स्प्लिट एअरकण्डिसनर ब्राण्डको खोजिमा थियौं त्यही क्रममा एमविओ फेला परेको हो । हामीले एअरकण्डिसनिङ्का क्षेत्रमा काम गरिरहँदा विभिन्न ब्राण्डका विभिन्न एसी सँग ब्यावसायिक रुपमा तथा कार्यक्षेत्रमा प्राविधिक स्तरमा साक्षात्कारको मौका पाएका छौं । ब्राण्ड अनुरुपको गुणस्तर भएका एअरकण्डिसनर नेपाली बजारमा ज्यादै थोरै छन् । अनि धेरै ब्राण्डहरु गुणस्तरीयतामा ज्यादै कमजोर छन् । यो अवस्थाले हामीलाई बजारमा भएको ग्याप देखायो र हामीले नै आयात गर्नुपर्ने आवश्यकता महशुस गरेर स्प्लिट एसीको आयात शुरु गरेका हौं । एमविओ हाम्रो रिसर्चमा प्रतिस्पर्धी विहिन थियो । हामीले एमविओलाई नेपाली बजारमा आफ्ना उत्पादन लन्च गर्न निक्कै कन्भिन्स गर्नुप¥यो । सानो आकारको बजार, अनि यहाँका युनिक च्यालेन्जहरु सामाना गर्न शुरुवातमा एमविओ पटक्कै तयार थिएन । पछि हाम्रो बजारमा रहेको छवि र अनुभवले ब्राण्डलाई जस्टिफाई गर्नसक्छौं भन्ने विश्वास दिलाएपछी बल्ल नेपाली बजारमा आफ्ना उत्पादन निर्यात गर्न एमविओ तयार भएको हो ।
के फरक छ एमविओमा ?
एमविओका सबै एअरकण्डिसनरहरु एमविओकै उद्योगमा उत्पादन हुन्छन् । प्लास्टिकको दाना र सिटमेटलबाट शुरु हुने उत्पादनको यात्रा एमविओकै उद्योग परिसरमा पूर्ण एअरकण्डिसनरमा बद्लिन्छ । बार्षिक ७५ लाख युनिट एसीको उत्पादन क्षमता भएको एमविओले एसी उत्पादनका क्षेत्रमा मात्र सयौं प्याटेन्ट सुरक्षित गरेको छ । शोध तथा अनुसन्धानमा ब्यापक लगानी गरिरहेको एमविओले अहिल्यै खुल्ला स्थानमा काम गर्नेहरुका लागि वेरेबल एसी उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । आफ्नो स्थापनाको लामो अवधी नहुँदै विश्वका ८० भन्दा बढी देशहरुमा बलियो उपस्थिती जनाउन सफल एमविओ गुणस्तरीयता र प्राविधिक सक्षमताको उदाहरण हो भन्दा फरक नपर्ला ।
नेपाली बजारमा एमविओलाई स्थापित गराउने यहाँको के रणनीति रहेको छ ?
हामीले एमविओलाई विद्यमान बजारको अस्वस्थ्य प्रतिस्पर्धामा लैजाने छैनौं । हामी एमविओलाई गुणस्तरीय एअरकण्डिसनरको रुपमा आफ्ना उपभोक्तालाई बुझाएर, विक्री पश्चातको सेवाको सुनिश्चिता गरेर विक्री वितरण गर्ने उद्देश्य राखेका छौं । हामी पहिलो चरणमा आफ्ना परियोजना, साथिभाई तथा आफ्न्तको आवश्यकता परिपूर्ती गरेर अगाडि बढ्नेछौं । मूल्यमा होईन गुणस्तरको खोजी गर्ने उपाभोक्ताको निर्विकल्प रोजाई एमविओ बन्नेमा हामी सुनिश्चित छौं र सोही अनुरुप हामी अग्रसर बन्नेछौं ।
नेपाली बजारमा
एमविओ एअरकण्डिसनर
८० भन्दा बढी देशमा फैलिएको ब्यापार साम्राज्य, राज्य तथा विभिन्न निजीक्षेत्रले विभिन्न देशमा दिएका अवार्ड तथा पुरस्कार, उत्पादनमा अपनाईएको पद्धती र सतर्कता ले एमविओलाई गुणस्तरीय ब्राण्डको रुपमा विश्व बजारमा सहजै स्थापित तुल्याएको देखिन्छ ।
घरायशी प्रयोजनका एअरकण्डिसनरको चिनकै सबैभन्दा ठूलो निर्माता एमविओ नेपाली बजारमा प्रवेश गरेको छ । सन् २०१० मा चिनमा स्थापना गरिएको एमविओले छोटो समयमा चिनियाँ तथा अन्तराष्ट्रिय बजारमा सफलता प्राप्त गरेसँगै यसले नेपाली बजारमा प्रवेश पाएको हो ।
नेपालमा हिटिङ्, भेन्टिलेसनका तथा एअरकण्डिसनिङ् (एचभिएसी) का क्षेत्रमा डेढ दशका अगाडि देखि सक्रिय रहँदै आएको डिलाईट क्लाईमेट प्रा. लि. ले एमविओलाई नेपाली बजारमा भित्र्याएको हो । फर्मास्युटिकल उद्योगको क्रिटिकल क्लाईमेट कन्ट्रोलका क्षेत्रमा लामो समययता कार्यरत कम्पनी डिलाईट क्लाईमेटले लामो समयमको प्रयास पश्चात एमविओलाई नेपाली बजारमा भित्र्याउन सफल भएको हो ।
एचभिएसीका क्षेत्रमा कार्यरत रहँदा आवश्यक पर्ने स–साना एअरकण्सिनरको लागि विद्यमान आयातकर्ता र उनीहरुसँग भएका ब्राण्डमा रहेको निर्भरता घटाउने रणनीति अनुरुप डिलाईट क्लाईमेटले एमविओ नेपाली बजारमा भित्र्याएको हो । बजारमा विद्यमान एअरकण्डिसनरको मूल्यमा निरन्तर हुने उत्तारचढाव, आपुर्तीमा अनियमितता र विक्री पश्चात दिनुपर्ने सेवा तथा स्पेयर्स पार्टस्मा निरन्तर समस्या आएकाले डिलाईट क्लाईमेटले ति चुनौतीहरुको समाधान गर्ने उद्देश्यका साथ आफ्ैले ब्राण्ड आयात तथा विक्री वितरण शुरुवात गरेको हो ।
एमविओ चिनियाँ ब्राण्ड एमविओ, चिनकै सर्बाधिक ठूलो घरायशी एअरकण्डिसनर उत्पादक कम्पनी हो । सन् २०२३ मा चिनको उद्योग तथा सूचना प्रविधी मन्त्रालयले चिनको उत्कृष्ठ दश एअरकण्डिसनर ब्राण्ड मध्येकोे रुपमा पहिचान गरेको एमविओले घरायशी एअरकण्डिसनिङ्का अलावा कमर्सियल एअरकण्डिसनिङ्, स्पेसल एअरकण्डिसनिङ्, हिटपम्प एअरकण्डिसनिङ् तथा वेरेवल एअरकण्डिसनिङ्का क्षेत्रमा आफ्ना उत्पादनहरु केन्द्रित गरेको छ । आधा दर्जन आन्तरीक ब्राण्ड तथा विभिन्न अन्तराष्ट्रिय ब्राण्डका लागि ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओइएम) का रुपमा एअरकण्डिसनर उत्पादन गर्दै आएको एमविओले बार्षिक ७५ लाख युनिट एअरकण्डिसनर उत्पादनको क्षमता राख्छ ।
विश्वका ८० भन्दा बढी देशमा निर्यात
एमविओले उत्पादन गरेका एअरकण्डिसनरहरु विश्वका ८० भन्दा बढी देशहरुमा निर्यात हुँदै आएका छन् । एमविओ तथा एमविओका अन्य ब्राण्डहरुका अलावा विभिन्न ओइएम ब्राण्डका रुपमा समेत निर्यात हुँदै आएका एमविओका उत्पादनहरुको रिलायविलिटीले एमविओलाई स्थापनाको छोटो समयमै अन्तराष्ट्रिय ब्राण्डको रुपमा स्थापित गराउन सफल भएको हो ।
प्रविधी र गुणस्तरीयता
एमविओ अत्याधुनिक स्टेट अफ आर्ट टेक्नोलोजिमा आधारीत उत्पादक हो । ४५ लाख बगमिटर क्षेत्रफलमा फैलिएको विशाल उद्योग, सन् २०१४ देखी संचानलमा ल्याएको आफ्नै विशाल शोध तथा अनुसन्धानशाला, ८० भन्दा बढी देशमा फैलिएको ब्यापार साम्राज्य, राज्य तथा विभिन्न निजी क्षेत्रले विभिन्न देशमा दिएका अवार्ड तथा पुरस्कार, उत्पादनमा अपनाईएको पद्धती र सतर्कता ले एमविओलाई गुणस्तरीय ब्राण्डको रुपमा विश्व बजारमा सहजै स्थापित तुल्याएको देखिन्छ । एअर एअरकण्डिसनिङ्का क्षेत्रमा ६०० भन्दा बढी प्याटेन्ट भएको एमविओले १०० भन्दा बढी इन्नोभेटिभ प्याटेन्टहरु प्राप्त गरेको छ ।
एमविओको नेपाली साझेदार
डेढ दशक यता एचभिएसी सोलुसन प्रोभाईडरको रुपमा निरन्तर सक्रिय रहँदै आएको डिलाईट क्लाईमेटले एमविओलाई नेपाली बजारमा भित्र्याएको हो । एचभिएसी सोलुसन्समा काम गरिरहँदा आवश्यक पर्ने स्प्लिट एसी आपुर्तीलाई आर्थिक रुपमा किफायती र प्राविधिक रुपमा गुणस्तरीय बनाउन लामो समय घरायशी प्रयोजनका गुणस्तरीय एसी खोजि गरिरहेको डिलाईट क्लाईमेटले एमविओलाई नेपाली बजारमा ल्याएको हो । एअरकण्डिसनिङ्लाई ब्यावहारीक रुपमै गहिरो सँग बुझेको र नेपाली बजारको आवश्यकता र नेपाली ग्राहकको चाहनालाई राम्रो सँग बुझ्दै यसै क्षेत्रमा लामो समयदेखी कार्यरत कम्पनीले एमविओलाई नेपाली बजारमा भित्र्याउनु निक्कै अर्थपूर्ण रहेको छ ।