फिल्म ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक (भिडिओ)


अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच ३ मिनेट २६ सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो।

ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम सम्बन्धमा आउने उतार–चढावलाई देखाइएको छ। अनमोल ‘म्याडी’ नामक पात्रको भूमिकामा देखिएका छन्।

अभिनेता रवि काफ्ले र अभिनेत्री समृद्धि अर्याललाई समेत ट्रेलरमा प्रस्तुत गरिएको छ। एक दृश्यमा अभिनेता सलोन बस्नेत समेत देखिएका छन्। उनको भूमिकालाई निर्माण टिमले खुलाएको छैन। प्रेम, विछोड, द्वन्द्ध, सस्पेन्स, गीत–संगीत सबैको समिश्रण ट्रेलरमा पाइन्छ।

ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको ‘फर्की फर्की’ लाई सुयोग गुरूङले निर्देशन गरेका हुन्।

सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन्।

मनोज वली र रामु न्यौपाने सह निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन्। नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन्।

काफिया फिल्मस र कुबेर फिल्मले ‘फर्की फर्की’ लाई वितरण गर्नेछन्। यो लभस्टोरी फिल्म बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।


प्रकाशित मिति : २०८१ बैशाख ७, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार