नेपाल र साउदीबीचको खेलको टसमा ढिलाइ


ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेलको मैदान हिलो भएका कारण टसमा ढिलाइ भएको छ।

ओमानको अल अमिरत क्रिकेट स्टेडियममा ११:४५ बजे हुने खेलको टसमा ढिलाइ भएको हो। गए रातिको वर्षाका कारण मैदान भिजेको थियो।

May be an image of 3 people and text that says 'Y ACC MEN'S PREMIER cup PRENER 2ER4 2024 CAN NEPAL VS SAUDI NEPALVSSAUDIARABIA ARABIA MATCHDAY KELME RLME ELME 囍 Second Teacher CAN SAUDI CRICKET VS 11:45 AM |OMAN CRICKET ACADEMY GROUND TURF1 1 #ACCMENSPREMIERCUP2024 #WORLDCUPYEAR2024 #ONEBALLBATTLES #NEPALCRICKET'

नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ।

मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।

समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ।

दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्।

समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ।

१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४-४ अंक छ।

अहिलेको अवस्थामा नेपालले कुवेत वा युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।


प्रकाशित मिति : २०८१ बैशाख ५, बुधबार गते

धेरै पढिएको

ताजा समाचार