नेपालको मलेसिया विरुद्ध संघर्षपूर्ण जित; आज भने कतार संग भिड्दै


एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया माथि संघर्षपूर्ण जित हात पारेको छ । नेपालले मलेसिया माथि पाँच विकेटको जित दर्ता गरेको हो ।

मलेसियाले दिएको १४४ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालले सुरुवात सुस्त रहेकाले इनिङको दोस्रो भागमा जित तर्फ उन्मुख रहन केही गाह्रो भने रहेको थियो । पहिलो १० ओभरमा नेपालले ५९ रन मात्र बनाउन सकेको थियो । अन्त्यतिर गुलशन झाको विष्फोटक इनिङले नेपाललाई जित तर्फ डोहोर्यायो ।

दुई ओभरमा १७ रन चाहिएको अवस्थामा भिरनदिप सिंहको ओभरमा गुलशनको चौका र छक्का सहित १३ रन आएपछि नेपाल जित तर्फ अग्रसर भयो । गुलशन ७ बलमा १९ रन बनाएर अविजित रहे । यस्तै सन्दिप जोराले ९ बलमा १२ रन बनाए ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३२ रन बनाए ।

कुशल भुर्तेल आठौ ओभरमा २४ बलमा २४ रन नै बनाएर पवनदिप सिंहको बलमा आउट भएका थिए । यस्तै अर्का ओपनर आशिफ शेख ३५ बलमा ३२ रन मात्र बनाएर विरनदिप सिंहको बलमा स्टम्प आउट भए ।

कुशल मल्ल पनि ७ रन मात्र बनाएर मोहम्मद वाफिकको बलमा क्याच आउट भए । कप्तान रोहित पौडेल १७औं ओभरमा २४ बलमा २८ रन बनाएर भिरनदिपकै बलमा क्याच आउट भए । सोही ओभरमा दीपेन्द्र सिंह ऐरी पनि ११ बलमा २० रन बनाएर पेभेलियन फर्किए ।

May be an image of 3 people and text that says 'SAKIB 5'

मलेसियाका लागि भिरनदिप सिंहले ३ तथा पवनदिप सिंह र मुहम्मद वाफिकले समान १-१ विकेट लिए ।

त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । यस्तै शर्भिन मुनियान्डीले ३३ बलमा ३ चौका र २ छक्का सहित ४१ रन जोडे ।

ओपनर मुहम्मद आमिर १८ बलमा १६ रन बनाएर छैठौं ओभरमा दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दोस्रो विकेटका भिरनदिप र शर्भिन मिलेर ८२ रनको साझेदारी गरेका थिए ।

सो साझेदारी १७औं ओभरमा शर्भिन अविनाश बोहोराको बलमा बोल्ड आउट भएपछि तोडिएको थियो । साएद अजिजलाई १८औं ओभरमा दीपेन्द्रले क्याच आउट गराएका थिए । नज्मुस सकिब ८ रनमा नट आउट रहे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट लिए । यस्तै अविनाश बोहोराले ४ ओभरमा २८ रन खर्चिदै १ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २८ रन नै दिए ।

करन किसी, सोमपाल कामी र कुशल भुर्तेलले समान २ ओभर बलिङ गर्दै क्रमसः २१, ११ र १७ रन दिए । गुलशन झाले १ ओभरमा १२ र कुशल मल्लले १ ओभरमा नै १० रन दिए ।

May be an image of 1 person and text that says 'BABu88 SPORTS MEIrS PREMIER oup dafanews 1XBAT dafaNews ACC ASIAN CRICKET COUNCIL dafaNEws BABUB8 SPORTS ACCMENS PREMIER dafaNews 1BAT dafaNe KBAT BABU88 SPORTS dafaNews FANCODE ACC ASIAN CRICKE COUNCIL ACC ASIAN PREMI cup dafaNEws dafaNews 1XBAT AfaNEws BABU88 SPORTS 1XBAT dafaNews KELME ACC SIANC dafaNews dafanews 1XBAT dafaNews 1XBAT BABUB8 SPORTS ACC ASIAN CRICKET COUNCIL cond Teacher EDAL P MEN'S PREMIER oup 細 PREMIER LF dafaNEws NEWS dafa dafaNews dafa 1XBAT NS ACC COUNCA dafa NEWS dafaNews'

नेपालको समूहमा मलेसिया, साउदी अरब, हंगकंग र कतार रहेका छन् । नेपालले भोलि दोस्रो खेलमा कतारको सामना गर्नेछ ।

समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । ओमान र युएईले आज नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरिसकेका छन् । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको हो ।

दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

May be an image of 3 people and text that says 'Y ACC ACCMEN'S PREMIER cup PRENIER 2124 CAN NEPAL VS NEPALVSQATAR QATAR MATEHOAy KELMK ELME ELM Second Teacher CAN P Q CRICKET QATAR 4:15 PM JOMAN ACADEMY GROUND 4.15PWJOWANGRIKETADEAYNTU TURF1 #ACCMENSPREMIERCUP2024 #WORLDCUPYEAR2024 #ONEBALLBATTLES #NEPALCRICKET'


प्रकाशित मिति : २०८१ बैशाख १, शनिबार गते

धेरै पढिएको

ताजा समाचार