युरोपा लिगमा लिभरपुलको ३-० को हार


युरोपा लिगमा इङ्लिस क्लब लिभरपुल क्वार्टर फाइनलको पहिलो लेगमा पराजित भएको छ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई इटालियन क्लब एटलान्टाले ३–० गोलले पराजित गरेको हो। उसका लागि स्कामाकाले ३८ र ६० मिनेटमा गरी दुई गोल गरे।

यस्तै पाशालिकले ८३ मिनेटमा तेस्रो गोल गरेका थिए।

अन्य खेलमा रोमाले एसी मिलानलाई १-० र बेन्फिकाले मार्सेलाई २-१ गोलले पराजित गरेका छन्।


प्रकाशित मिति : २०८० चैत्र ३०, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार