रोमान्चक खेलमा चेल्सीसँग युनाइटेडको हार


चेल्सीले इंग्लिस प्रिमियर लिगमा बुधबार म्यानचेस्टर युनाइटेडमाथि रोमान्चक जित निकालेको छ । इन्ज्युरी समयमा २ गोल गर्दै चेल्सीले युनाइटेडमाथि नाटकीय जित दर्ता गरेको हो ।

कोल पाल्मरले इन्ज्युरी समयमा २ गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । चेल्सीका लागि अर्को गाोल भने कप्तान कोनोर गालाघर गरेका थिए । युनाइटेडका लागि एलेजान्द्रो गार्नाचोले २ र बर्नो फर्नान्डेजले १ गोल गरेका थिए ।

गालाघरले चौंथो मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पाल्मरले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर पारेका थिए । एन्टोनीले मार्क कुकुरेलालाई फाउल गरेपछि लिभरपुले पेनाल्टी पाएको थियो ।

युनाइटेडका गार्नाचोले ३४औं मिनेटमा गोल गरे । ३९ औं मिनेटमो फर्नान्डेजले डियोगो डालोटको क्रसमा हेड गोल गरेपछि पहिलो हाफमा खेल २–२ को बराबरी भएको थियो ।

गार्नाचोले ६७औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्ज्युरी समयमा खेलले नाटकीय माोड लियो । इन्जुरी समयको दसौं र ११ औं मिनेटमा पाल्मरले लगातार गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाउनका साथै व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए ।

२९ खेलपछि चेल्सी ४३ अंकसहित १०औं स्थानमा उक्लिएको छ । छैटौं स्थानको युनाइटेड ३० खेलमा ४८ अंक छ ।


प्रकाशित मिति : २०८० चैत्र २३, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार