त्रिभुवन विमानस्थलको उत्तरबाट तीन महिनासम्म जहाज अवतरणमा रोक


काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरतर्फको विन्दु (टु जिरो) अर्थात् बौद्धतर्फबाट तीन महिनासम्म जहाज अवतरण गर्न नपाइने भएको छ।

उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी-वे विस्तार भइरहेकाले सोमबार (आज)देखि तीन महिनालाई उत्तरी विन्दुबाट जहाज अवतरण गर्न रोक लगाइएको हो।

यो विन्दुबाट जहाज अवतरणमा रोक लगाए पनि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका जहाजलाई खासै असर नपर्ने हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

यद्यपी यसबारे पहिले नै सम्बन्धित वायुसेवा कमपनीहरूलाई जानकारी दिइसकेको पनि उनले बताए।

विमानस्थलमा अहिले धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी-वे (विमान गुड्ने बाटो) बनिरहेको छ।


प्रकाशित मिति : २०८० चैत्र २०, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार