‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ को तेश्रो संस्करण घोषणा


काठमाडौँ । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ ।

कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाइन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो ।
May be an image of 2 people, dais and text

केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तर्राष्ट्रिय शो एवं कार्यक्रमहरू आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउँदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आबद्ध पेसाकर्मीहरूलाई उनीहरूले पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने गरेको छ ।

May be an image of 4 people, dais and text

सन् १९८७ मा आफूहरूले सञ्चालन गरेको रियालिटी शो लाई सम्झिँदै प्रमुख अतिथि बास्कोटाले अवार्डका किसिमहरू धेरै भएपनि ‘ ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ जस्तो महत्त्वपूर्ण अवार्ड र अन्य अवार्डमा धेरै फरक पाएको र यस अघिका २ संस्करण भव्य रुपमा सम्पन्न भएको साक्षी आफू स्यंम पनि भएकाले अवार्डको गरिमा राख्न सफल भएकोमा आयोजक संस्थालाई बधाई दिएका थिए ।

यस्तै, उनले संस्थाले आफ्नो पहिलो तथा दोस्रो अवार्ड सफल परेकाले आगामी दिनहरूमा पनि राम्रो सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । यसै गरि महिला उद्यमी तथा समाजसेवी रमा प्याकुरेलले आगामी मे मा सम्पन्न हुने तेश्रो संस्करणको अवार्डको सफलताको शुभकामना दिँदै अवार्डको माध्यमबाट देशको पर्यटन र आर्थिक विकासमा समेत योगदान दिने कुरामा आफू विश्वस्त रहेको बताइन ।

May be an image of 7 people and dais

कार्यक्रममा बोल्दै आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलले उक्त संस्थाले गरेको पहिलो र दोस्रो संस्करणको ग्यालेक्सि एक्सिलेन्स अवार्डको भव्य सफलता पश्चात् देश विदेशबाट आएका सकारात्मक प्रतिक्रिया एवं अवार्डको गरिमाका विषयमा भएका टिका टिप्पणीले आफूहरू थप ऊर्जावान् भएको बताए ।

यस्तै, उनले उक्त अवार्डलाई विश्वको एक नम्बरमा दर्ज गर्ने उद्देश्यका साथ आफूहरू सकारात्मक भएर लागि परेको र त्यसमा सफल भएरै छाड्ने बताए ।

आज अर्थात् बिहीबार भएको उक्त घोषणा समारोहमा नेपाली गीत संगीत, कला संस्कृतिको विख्यात व्यक्तित्वं चलचित्र विकास बोर्डको पहिलो कार्यकारी एवं विश्वकै पहिलो रियालिटी शो प्रतिभाको डबलीका निर्माता निर्देशक तथा पहिलो म्युजिक भिडियो निर्देशक प्रख्यात गायक संगीतकार शम्भुजित बास्कोटा, ग्यालेक्सि एक्सिलेन्स अवार्डका निर्देशक शिशिर टण्डन, नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्रवक्ता डा।विक्रम शाह,एन प्लस प्रोफेसनलका प्रबन्ध निर्देशक हितेश लिम्बानी, टाईम्स स्कवाएरका निर्देशक राजन ढकाल, नायक श्रीदेव भट्राई,लि डिभाईन, भारतका प्रमुख तथा ईभेन्ट डाइरेक्टर पुनम कौशिक, अर्का भारतीय ईभेन्ट व्यवस्थापक श्रुती सरल लगायत पेजेन्ट नेपालका प्रमुख एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राज लुइँटेल, शिक्षाविद् रमा प्याकुरेल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

घोषणा समारोहलाई कलाकार गोपाल ढकाल छन्देले सहजीकरण गरेका थिए ।

May be an image of 4 people, dais and text

आयोजक संस्थाका अनुसार यस अघिका वर्षमा होटल र्याडिसन तथा होटल ह्यायत प्यालेसमा भएको पहिलो र दोस्रो संस्करणको ३५ विधाका अवार्डलाई नै कायम राख्दै यस पटक पनि प्रत्येक क्षेत्रका दिग्गज स्रष्टालाई समेट्दै देशका विख्यात एवं अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाएका प्रतिष्ठित जना निर्णायक मण्डलको टिमले नेपालभरबाट परेको आवेदनहरूको अन्तिम छनौट गरि विजेतालाई आउँदो मे २५ होटल हायात प्यालेसमा भव्य समारोहका बीच अवार्ड हस्तान्तरण गर्ने योजना छ ।

इच्छुक सम्बन्धित दक्ष एवं विज्ञहरूले अवार्डको वेबसाइट डल्लु डल्लु डट ग्यालेक्सि एक्सिलेन्स अवार्ड डटकमबाट थप जानकारी लिई आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ । देशका मात्र नभई विश्व व्यापी ख्याती कमाएका व्यक्तित्वको आवेदनको आधारमा अवार्डका लागि छनौट गरिने छ ।

May be an image of 5 people


प्रकाशित मिति : २०८० फाल्गुन २५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार