काठमाडौं । प्रहरीले संघीय संसद् भवन नयाँ बानेश्वरको सडकपेटीमा लगाएको डोरी हटाएको छ ।
व्यापक जनदबाबसँगै सडकपेटी पैदलयात्रुको लागि खुल्ला गरिएको हो ।
सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि अहिले हटाएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
सोमबार लघुवित्तका ऋणीहरु संसद् भवन परिसरमा प्रवेश गरेका थिए । लगत्तै संसद् भवनको सुरक्षामा खटिएका ३२ जना प्रहरी हटाइएको थियो ।
सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै संसद् भवन बानेश्वर, सिंहदरबार, बालुवाटारलगायतका ठाउँको सडकपेटीमा लगाएको डोरी टाँगिएको थियो ।

