‘र्‍याप ब्याटल नेपाल’ प्रसारण हुँदै, सिक्किममा अडिसन सम्पन्न


काठमाडौं । टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’को सिक्किम अडिसन शनिबार सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तिय राजधानी गान्तोकमा भएको हो ।

सिक्किम अडिसनमा ७३ जना नेपालीभाषीले सहभागिता जनाएका थिए । जसबाट १२ जना अर्को चरणका लागि छनोटमा परेका छन । सिक्किममा ¥याप सम्बन्धी पहिलो अडिसन भएकाले पनि सहभागी उत्साही रहेको पाइएको छ ।

फेब्रुअरी १९ मा दार्जिलिङमा अडिसन हुने जनाइएको छ । युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा भैरहेको ‘र्‍याप ब्याटल नेपाल’ अप्रिलबाट प्रसारणमा आउने जनाइएको छ । शोमा नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मीहरु निर्णायक रहेका छन ।

 


प्रकाशित मिति : २०८० फाल्गुन ६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार