एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित


काठमाडौँ, माघ २८ गते । नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकटमा लगातार दोस्रो जित निकालेको छ ।

मलेसियाको बायोमास ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हरायो । पहिलो खेलमा पनि नेपालले हङकङलाई आठ विकेटले नै पराजित गरेको थियो ।

जितका लागि भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि अविजित रहँदै सीता रानामगर ३२ र रुविना क्षेत्रीले १७ रन बनाउनुभयो । बलिङमा भुटानका अन्जु गुरुङ र अन्जुली घलेले एक एक विकेट लिनुभयो ।

May be an image of 1 person, playing tennis and text that says 'FANCODE MCC ASIAN CRICKETC ACC WOMEN'S PREMIER cup 2024 MALAYSIA dafa 1XBAT dafan MCC ASIAN CRICKET COUNCIL dafa PREPUE dafaNEwS DE ACC WOMEN'S PREMIER cup MALAYSIA ASIAN CRICKE di NOPAL AT dafa'

May be an image of 4 people and text

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो । भुटानका लागि नवाङ छोडेनले २५, कप्तान डिचेन वाङ्गमोले १७ र छिङि जाङ्गमोले १६ रन बनाउनुभयो । बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले एक एक विकेट लिनुभयो ।

दोस्रो जितसँगै नेपालले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बढाएको छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।


प्रकाशित मिति : २०८० माघ २८, आईतवार गते

धेरै पढिएको

ताजा समाचार